पन्जसिर पनि जित्दै तालिबान, विरोधी समूहका धेरै शीर्ष कमाण्डर मारिए


२१ भाद्र २०७८, सोमबार
taliban1630661590

काबुल, २१ भदौं । अफगानिस्तानको पन्जसिर प्रान्तमा रेजिस्टन्स फोर्स (अहमद मसुद समूह) र तालिबानका लडाकुबीच युद्ध जारी छ । यसैबीच तालिबानविरोधी मसुद समूह कमजोर हुँदै गएको खबर आएको छ ।

स्रोतका अनुसार अहमद मसुदले तालिबानसँग युद्ध अन्त्यको प्रस्ताव राखेका छन् । यतिबेला पन्जसिरमा तालिबानको अवस्था बलियो बनेको बताइएको छ । तालिबान लडाकु युद्धद्वारा नै पन्जसिर कब्जा गर्न चाहन्छ । किनकी त्यहाँ युद्धको सुरुवात मसुद समूहले गरेको थियो । त्यसप्रति तालिबान रुष्ट छ । मसुद समूहका लडाकुलाई उनीहरू सजाय दिन चाहन्छन् ।

तालिबानले आफ्ना लडाकु पन्जसिरका गभर्नरको कार्यालयमा प्रवेश गरिसकेको दाबी गरेका छन् । आइतबारको लडाइँमा पन्जसिरका धेरै जना शीर्ष नेता मारिएका छन् । यसमा सबैभन्दा प्रमुख फहिम दश्ती हुन् । पत्रकार समेत रहेको फहिम पन्जसिरका प्रवक्ता थिए ।

साथै मसुद परिवारसँग सम्बद्ध कमाण्डर पनि मारिएका छन् । यिनमा गुल हैदर खान, मुनिम अमिरी र जनरल वुदाद पनि छन् । तालिबान स्रोतले पन्जसिरका धेरै जना शीर्ष कमाण्डर मारिएको पुष्टि गरेको छ । मसुद गुटले पनि यसको पुष्टि गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७