ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित


२१ भाद्र २०७८, सोमबार
Brazil vs Argentina1630892136

काठमाडौं, २१ भदौं । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटको ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित भएको छ । सोमबार राति ब्राजिल र अर्जेन्टिना प्रतिस्पर्धा गर्ने तय थियो ।

अन्तिम समयमा अर्जेन्टिनाका तीन खेलाडीले क्वारेन्टिनको नियम तोडेको आरोप लाग्दा खेल स्थगित भएको हो । ब्राजिलका स्वास्थ्य अधिकारीले क्वारेन्टिनको नियम तोडेको आरोप लगाएका थिए । त्यसपछि खेल शुरु हुन केही समयअघि स्थगित भएको हो । दुई टोलीबीचको खेलको नयाँ मिति तय भएको छैन । छनोट खेलमा ब्राजिल अपराजित रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७