बैतडीका २० जनप्रतिनिधि एमाले परित्याग गरी एकीकृत समाजवादीमा


२१ भाद्र २०७८, सोमबार
madhav nepal

बैतडी, २१ भदौं । बैतडीका २० जना जनप्रतिनिधिले एमाले परित्याग गरेका छन् । उनीहरुले आजै (सोमबार) माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयालले स्थानीय तहको निर्वाचनमा एमालेबाट जितेका २० जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेको जानकारी दिए । नेकपा (एकीकृत समाजवादी) ले बैतडी सदरमुकाममा पार्टी कार्यालय स्थापना गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७