घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


२१ भाद्र २०७८, सोमबार
gold

काठमाडौं, २१ भदौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । यसअनुसार आज प्रतितोला १ सय रुपैयाँले गिरावट भएको हो ।

चाँदीको मूल्य भने यथावत् रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । चाँदी आइतबार र सोमबार १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७