नारायणहिटी संग्राहलयमा एलिजाबेथले उपहार दिएको सुनौंलो बग्गी सार्वजनिक


२१ भाद्र २०७८, सोमबार
baggi 3 0692021085135 1000x0 1
??????????????????????????????????????????????????????????

काठमाडौं, २१ भदौं । बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालका पूर्व राजपरिवारलाई उपहार दिएको बग्गी सोमबार सार्वजनिक गरिएको छ । संस्कृति मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बग्गी प्रदर्शनीको उद्घाटन गरेका हुन् ।

राजाको राज्याभिषेकमा प्रयोग गरिएको उक्त बग्गी नारायणहिटी संग्रहालयमा राखिँदै आएको थियो । नेपालमा राजतन्त्रको अन्त्यसँगै संग्रहालयमा बदलिएको नारायणहिटी दरबारमा रहेका यस्ता समग्री चरण चरणमा सार्वजनिक गरिँदै आएका छन् ।

तत्कालीन राजपरिवारको आवास तथा कार्यालय रहेको दरबार क्षेत्र ७ सय ५४ रोपनी क्षेत्रफलमा फैलिएको छ । सोही परिसरमा नेपाली सेनाको पृतना, परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभाग पनि छ । परिसरकै महेन्द्र मन्जिलमा पूर्व मुमा बडामहारानी रत्न बस्दै आएकी छिन् ।

दरबारभित्र विभिन्न बैठक कोठा, पूर्वराजारानीका शयन कक्ष, राजकीय पाहुनाहरूले प्रयोग गर्ने कक्षसहितका ५२ वटा कोठा छन् । तीमध्ये ३२ वटा कक्ष प्रदर्शनीमा ल्याइएका छन् । इन्टरनेसनले काउन्सिल अफ म्युजियमका सिद्धान्तलाई उल्लंघन नगरी सामग्रीहरू प्रदर्शनीमा राखिने संग्रहालयले जनाएको छ । संग्रहालयका अनुसार क्रमशः पूर्व राजपरिवारले प्रयोग गरेका हेलिकोप्टर, हवाई जहाजदेखि अन्य सवारीसाधन समेत राखिने छन् ।

सरकारले दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति गठन गरेसँगै थप सामग्री प्रदर्शनीमा राख्न लागिएका हुन् । २०६५ फागुन १५ देखि नारायणहिटी दरबार संग्रहालयका रूपमा सर्वसाधारणका निम्ति पनि खुला गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७