पहिरोसँगै आएको ढुङ्गा घरमा लाग्दा बालकको मृत्यु, बाबु–आमा घाइते


२१ भाद्र २०७८, सोमबार
TA Baleba 20200919 1118542 1
फाइल फोटो

जाजरकोट, २१ भदौं । जाजरकोटको नलगाड नगरपालिका– ५ ढारसिर्केमा पहिरोबाट खसेको ढुङ्गा घरमा लाग्दा एक बालकको मृत्यु भएको छ । गए रातिदेखि भएको अविरल वर्षाका कारण पहिरोबाट खसेको ढुङ्गाले लाग्दा गोरखबहादुर खड्काका १० वर्षीय छोरा प्रचण्डको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान ३ बजेतिर ढुङ्गा खसेर घरमा लागेको जनाइएको छ । घटनामा ४६ वर्षीय गोरखबहादुर र उनकी श्रीमती ३५ वर्षीया शिला खड्का घाइते भएका छन् । घाइते दुवैको उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७