आफ्नै दाजुको हत्या गरी भागेका रतन पक्राउ


२१ भाद्र २०७८, सोमबार
daju hatya bhai2021 qlwb7MiKDO

झापा, २१ भदौं । आफ्नै दाजुको हत्या गरी भागेका झापा कचनकवल–३ का ३७ वर्षीय रतन राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बिहान साढे ७ बजे कचनकवल गाउँपालिका–३ केचना घर भई हाल बिर्तामोड नगरपालिका–४ स्थितमा डेरा गरी बस्ने ५० वर्षीय भात्रु राजवंशी आफू सुत्ने कोठाभित्र मृत अवस्थामा भेटिएका थिए । घटनाबारे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरेको थियो ।

सो क्रममा उनकै भाइ रतन राजवंशीले मार्तलले हानी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । दाजुको हत्या गरी फरार रहेका रतनलाई खोजतलासमा खटिएको प्रहरी टोलीले आइतबार राति ९ बजे मेचीनगर–१५ बाट मार्तलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साथै उनलाई जिल्ला अदालत झापाबाट कर्तव्य ज्यान शीर्षकमा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७