१० घण्टापछि खुल्यो अरनिको राजमार्ग


२१ भाद्र २०७८, सोमबार
Badhi

काठमाडौं, २१ भदौं । पुन्यमाता खोलामा आएको बाढीका कारण डुबानमा परेर अवरुद्ध भएको अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको बनेपा पुल बजार खण्डमा पानीको बहाव घटेपछि करिब १० घण्टापछि यातायात सञ्चालनमा आएको छ ।

\पुलबजार डुबानमा परेको कारण आज बिहान २ः ०० बजेदेखि अवरुद्ध भएको सडकखण्ड खोलामा पानीको बहावसँगै केहीबेर पहिलेदेखि यातायात सञ्चालन भएको प्रहरीले जनाएको छ । आइतबार रातिदेखि परेको भारी वर्षाका कारण नाला हुँदै बनेपा–पनौती भएर बग्ने पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपा पुल बजार क्षेत्र डुबानमा परेपछि बिहान २ बजेदेखि अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत बनेपा खण्डमा यातायात ठप्प भएको थियो ।

खोलामा आएको बाढीले बनेपा नगरपालिका– ९ र १० को सीमानामा पर्ने पुल बजार क्षेत्रको पुललगायत बजार क्षेत्र नै पूरै डुबानमा परेका कारण चल्न नसकेको यातायातका साधन अहिले सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७