विद्यालय क्षेत्र विकासका लागि साढे पाँच अर्ब विदेशी ऋण स्वीकृत


२२ भाद्र २०७८, मंगलवार
girls in ktm back to school

काठमाडौं, २२ भदौं । सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्न साढे पाँच अर्ब भन्दा धेरै विदेशी ऋण सहायता स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सहुलियतपूर्ण ऋण सहायतास्वरूप पाँच अर्ब ५४ करोड बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय विकास संस्थामार्फत नै नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रमका लागि करिब पाँच अर्ब ९४ करोड बराबरको अतिरिक्त सहुलियतपूर्ण ऋण सहायता पनि स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यसैगरी बैठकले जलवायु परिवर्तनसम्बन्धी अनुकूल कार्य गठबन्धन तथा सोको निर्देशक समितिमा नेपाल सदस्यका रूपमा सहभागी हुने निर्णय गरेको छ । आर्थिक वर्ष २०७८ / ८९ का लागि विभिन्न आयोजनाका लागि स्थायी र अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय पनि गरिएको प्रवक्ता कार्कीले बताए ।

त्यसैगरी निजामती सेवा दिवसका अवसरमा विभिन्न ४० निजामती कर्मचारीलाई पुरस्कार दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । दार्चुलाको व्यास गाउँपालिकाको छाङ्ग्रुमा स्थापना भएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बस्ने ब्यारेक भवन निर्माण गर्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७