जोगिमारामा पहिरो : मुग्लिन–नौबिसे सडक अवरुद्ध, गाडीहरुको लाग्यो लाम


२२ भाद्र २०७८, मंगलवार
nagdhunga Sadak pahiro 1 ILO7QNa33M

धादिङ, २२ भदौं । वर्षाको कारण सडकमा पहिरो खस्दा मुग्लिन–नौबिसे सडक खण्ड अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा मंगलबार बिहान ६ पहिरो खसेको हो । ठूलो पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिए । पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने प्रहरीले जनाएको छ । पहिरोले यातायात अवरुद्ध हुँदा सडकको दुबैतर्फ सबारी साधनको लामो लाइन लागेको छ भने यात्रुहरुले सास्ती पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७