कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा


२२ भाद्र २०७८, मंगलवार
congress samsadiya dal

काठमाडौं, २२ भदौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (मंगलबार) बस्दैछ । बैठक दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने जनाइएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपराह्न ४ बजेका लागि संसद् बैठक आह्वान गरेकी छन् । कांग्रेसको आजको बैठकमा बजेट, एमसीसी परियोजनालगायत विषयलाई संसद्मा कसरी अघि बढाउने भन्नेबारेमा छलफल हुने एक सांसदले जानकारी दिए ।

‘मुख्य त बजेटको विषयमा छलफल हुन्छ’, ती सांसदले भने, ‘एमसीसी परियोजनाका मानिसहरू नेपाल आउने भएपछि परियोजना कसरी संसदमा टेबल गर्ने भन्ने विषयमा पनि छलफल हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७