सलमान, अक्षयसहित ३८ भारतीय सेलिब्रिटीविरुद्ध मुद्दा


२२ भाद्र २०७८, मंगलवार
sfkmdgm1630999911

मुम्बई, २२ भदौं । बलिउड सुपरस्टार सलमान खान, अक्षय कुमारलगायत ३८ बलिउडकर्मीहरूविरुद्ध मुद्दा दर्ता गरिएको छ । उनीहरूविरुद्ध बलात्कारपीडितको पहिचान खुलाएको आरोपमा मुद्दा दर्ता गरिएको हो ।

सन् २०१९ मा हैदराबादमा चार पुरुषले एउटी किशोरीलाई बलात्कारपछि जिउँदै जलाएका थिए । उक्त घटनाको चर्को विरोध भएको थियो । बलिउड सेलिब्रिटीहरूले पनि सामाजिक सञ्जालमार्फत दुःख र आक्रोश व्यक्त गरेका थिए । सोही क्रममा बलिउड सेलिब्रिटीहरूले पीडितको पहिचान खुल्ने गरी पोस्ट गरेको भन्दै अहिले उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

नवभारत टाइम्सका अनुसार अभिनेता अजय देवगन, अक्षय कुमार, सलमान खान, अभिनेत्री रकुलप्रित सिंहसहित ३८ भारतीय सेलिब्रिटीहरूमाथि उक्त आरोप लागेको छ । साउथ कलाकारहरूको नाम पनि त्यसमा मुछिएको छ ।

दिल्लीका वकिल गौरव गुलाटीले उनीहरूविरुद्ध मुद्दा दर्ता गराएका हुन् । आफ्नो उजुरीमा उनले भनेका छन्, ‘अरूका लागि उदाहरण बन्नुपर्नेमा भारतीय सेलिब्रिटीहरू नियम तोड्दै पीडितको पहिचान उजागर गरिरहेका छन् ।’ उनले आफ्नो उजुरीमा यी कलाकारहरूलाई तुरुन्त पक्रिनुपर्ने पनि माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७