बुवाको हत्या गरेका तीन रसियन दिदीबहिनीले सफाइ पाउने


२२ भाद्र २०७८, मंगलवार
Rusian sister AgcvHOA5nT

काठमाडौं, २२ भदौं । चार वर्षअघि रसियामा बाबुको हत्या अभियोगमा मुद्दा खेपिरहेका तीन दिदीबहिनीले सफाइ पाउन सक्ने कानूनविद्हरुले आशा गरेका छन् । हत्या गरिएका पिता बाल यौन दुराचारी भएको प्रमाण भेटिएसँगै उनीहरुले सफाइ पाउने सम्भावना बढेको छ ।

५७ वर्षीय मिखाइल खचतुरयानलाई सन् २०१८ मा उनका छोरीहरूले चक्कु प्रहार गरी हत्या गरेका थिए । १९ बर्षीय क्रेष्टिना, १८ वर्षकी एन्जेलिना र १७ बर्षीय म्यारी खचतुरयानले आफ्ना निरंकुश बाबुको हत्या गरेको स्वीकारेका थिए ।

बारम्बार यौन दुर्व्यवहारको शिकार भएपछि उनीहरुले मिलेर बाबुको हत्या गरेका थिए । अभियोगीमध्येकी कान्छी छोरी म्यारी उक्त हत्याकाण्डपछि मानसिक समस्याबाट पीडित छिन् । आफूहरुले भोगेको पीडा र बाबुको हिंसा रोक्न त्यतिबेला उनीहरुका कोही आफन्त थिएनन् ।

अदालतले बाबुलाई बाल यौन दुराचारी पुष्टि गरेसँगै उनीहरुमाथि लागेको हत्या अभियोग पनि खारेज हुनुपर्ने किशोरीका तर्फबाट वकालत गरेका वकिलहरूले माग गरेका छन् । मिखाइलले छोरीहरुलाई बनाएर बारम्बार यौन दुव्यर्वहार गरेको र कर्तुतबारे कसैलाई भने हत्या गरिदिने धम्की दिने गरेको अनुसन्धानले देखाएको छ । ‘बाबुले छोरीहरूमाथि हिंसा गरेको अनुसन्धानले पुष्टि गरेको म्यारीका वकिलले बताए ।

तीनै जना युवतीहरू सन् २०१४ देखि दुव्यर्वहार र पोस्ट ट्रउमेटिक स्ट्रेस डिसअर्डरबाट पीडित भएको अनुसन्धानपछि विज्ञहरुले बताएका छन् । दुराचारी बाबुले छोरीहरुलाई बारम्बार कुट्ने, गिज्याउने, धम्की दिने र शारीरिक तथा यौन दुर्व्यवहार गरेको पनि अनुसन्धानका क्रममा खुलेको छ । उनीहरुका बाबु बाल दुराचारी भएको पोस्टमार्टमको रिपोर्टमा पनि देखिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७