१६ वर्षीया किशोरीमाथि पटक–पटक बलात्कार, आरोपित नौं जना पक्राउ


२२ भाद्र २०७८, मंगलवार
Rape for nayapage

सुर्खेत, २२ भदौं । सुर्खेतमा एक १६ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले नौं जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार इलाका प्रहरी बाबियाचौरले उनीहरुलाई पक्राउ गरेको हो । सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर विष्टले पक्राउ पर्नेमा पर्नेहरुमा बसको टिकट काउण्टरमा काम गर्नेदेखि ड्राइभरसम्म रहेको जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाही रहेका छन् । प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको विष्टले जानकारी दिए ।

चौकुने गाउँपालिका घर भई पञ्चपुरी नगरपालिकामा बस्दै आएकी ती किशोरीले पटक–पटक विभिन्न व्यक्तिबाट आफूमाथि बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा उजुरी दिएकी थिइन् । प्रहरीका अनुसार बलात्कृत किशोरीको पेटमा गर्भ समेत रहेको छ । प्रहरीले अभियुक्तहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७