चार प्रदेशमा भारी वर्षाको सम्भावना


२३ भाद्र २०७८, बुधबार
rain

काठमाडौं, २३ भदौं । आज (बुधबार) पनि केही प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविदले जनाएका छन् । चार वटा प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

आज विहान देशभर सामान्यदेखि पूर्णतया वदली रही प्रदेश– १, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

काठमाडौंमा आज दिउँसो सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् । ‘काठमाडौंमा आज दिनभर मौसम बदली रहने छ । त्यसैले सामान्यदेखि मध्यम वर्षाको सम्भाना रहेको छ । यद्यपि राति भने भारी वर्षाको सम्भावना रहेको छ’, उनले भनिन् । यस्तै आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ विभागको भनाइ छ ।

वर्षा हुने क्रम अब विस्तारै कम हुँदै जाने मौसमविद् मानन्धरको भनाइ छ । यद्यपि, सेप्टेम्बरको अन्तिम र अक्टोबरको पहिलो हप्ता नभई मनसुन नसकिने भएकाले जुनसुकै बेला भारी वर्षा हुने उनी बताउँछिन् । भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन विभागको आग्रह छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७