संखुवासभा हत्याकाण्ड : नगद र गरगहना सुरक्षित, हत्या रहस्यमय


२३ भाद्र २०७८, बुधबार
sankhuwasabha hatya 1

संखुवासभा, २३ भदौं । बौद्धमान कार्कीको परिवार झापामा जग्गा पास गर्ने तयारीमा थियो। विदेशबाट नातिहरूले पठाएको पैसा जम्मा गर्दै अपुगका लागि स्थानीयसँग ऋण खोज्दै थिए । त्यही क्रममा घरमा भएको पैसा लुट्न परिवारका ६ जनाको हत्या भयो कि भन्ने गाउँलेको आशंका थियो । तर, नगद र गरगहना सुरक्षित भेटिएको प्रहरीको भनाइ छ । प्रारम्भिक आशंकाले मेल नखाएपछि हत्या ‘रहस्यमय’ बनेको छ ।

संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका बौदमानको परिवार नै सखाप गर्ने गरी ६ जनाको हत्या भएको थियो । बौद्धमानकी पत्नी, छोरा तेजबहादुर र बुहारी कमलाको शव सोमबार बिहान घर बाहिर भेटिएको थियो । तेजबहादुरकी बुहारी रञ्जना, ११ वर्षीय नाति दीपेन र ७ वर्षीया नातिनी गोमाको पनि हत्या भएको थियो ।

वृद्ध बौद्धमान मात्र सकुशल भेटिए । सोमबार बिहानदेखि अनुसन्धान गरेको प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेको छैन । अनुसन्धानमा लगिएको कुकुरले पनि घटनामा कुनै संकेत देखाउन सकेन । प्रहरीले बौद्धमानको घरमा भेटिएको नगद र गहनाको विवरण भने सार्वजनिक गर्न चाहेन ।

खोलागाउँ सोमबार बिहानैबाट शोकमा डुबेको छ । एकै परिवारका ६ जनाको बीभत्स हत्या भएको दुई दिन बित्दा मेत अभियुक्त पक्राउ पर्न सकेका छैनन् । घरमा भएको पैसा चोरी गर्ने उद्देश्यले परिवारका सदस्यको पनि हत्या गरेको आशंका गाउँलेको थियो । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७