भियतनाममा कोरोना सारेको कसुरमा एक युवकलाई पाँच वर्ष जेल


२३ भाद्र २०७८, बुधबार
le wan tree neuNrO5p6W

काठमाडौं, २३ भदौं । भियतनामा कोरोना स्वास्थ्य मापदण्ड उल्लंघन गरेको कसुरमा ५ वर्षको जेल सजाय सुनाइएको छ । बीबीसीका अनुसार भियतनामको एक अदालतले ले वान ट्री नामका व्यक्तिलाई ८ जनालाई ‘खतरनाक संक्रामक रोग’ सारेको ठहर गरेको हो । यीमध्ये एक जनाको मृत्यु भएको थियो ।

कोरोनाको पहिलो लहर नियन्त्रण गर्न ठूलो सफलता पाएको भियनता दोस्रो लहरबाट भने बच्ने सकेन । यस वर्ष जुन महिनामा धैरै खतरनाक डेल्टा भेरिएन्ट फैलिएपछि त्यहाँ संक्रमण तीव्र बनेको छ, प्रतिबन्ध पनि कडा पारिएको छ । यीमध्ये धेरैजसो संक्रमित हो ची मिन्ह भन्ने सहरमा देखिएको छ ।

उनले कसरी सारेका थिए कोरोना भाइरस ?
जेल सजाय सुनाइएका २८ वर्षीय ले वान गत जुलाईमा मोटरसाइकल चढेर हो ची मिन्ह भन्ने सहर हुँदै आफ्नो घर रहेको प्रान्त माऊ गएका थिए । माऊमा वानले आइसोलेसनको नियम पालना गरेनन्, हो ची मिन्ह सरहबाट आएको कुरा स्थानीय अधिकारीलाई भनेनन्, ढाँटे ।

त्यसबेलाको नियमानुसार बाहिरबाट आउनेले कम्तीमा २१ दिन आइसोलेसनमा बस्नु पथ्र्यो । पछि वान कोरोना पोजिटिभ देखिए र उनले आफ्नो परिवारका सदस्यसहित एक सामाजिक कार्यकर्तालाई पनि भाइरस सारेको पाइयो । यस आधारमा उनी दोषी देखिएपछि अदालतले ५ वर्षको जेल सजायका साथै ८८० डलर (नेपाली झण्डै १ लाख ४० हजार रुपैयाँ) जरिवानाको समेत फैसला गरेको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७