अभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ


२३ भाद्र २०७८, बुधबार
richa sharma11631083185

काठमाडौं, २३ भदौं । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन् । उनलाई पुत्र लाभ भएको छ । थापाथालीस्थित नर्भिक अस्पतालमा बुधबार बिहान ७ः५२ बजे उनले छोरालाई जन्म दिएकी हुन् ।

शल्यक्रियाबाट प्रसूति गराइएको आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको नर्भिकका प्रवक्ता सोमनाथ बास्तोलाले बताए । बच्चाको तौल तीन केजी १४० ग्राम रहेको पनि उनले जानकारी दिए ।

ऋचाले डेढ वर्षअघि लाबिम मलका म्यानेजर दीपेक्ष्यविक्रम राणासँग विवाह गरेकी थिइन् । ‘टलकजंग भर्सेस टुल्के’, ‘भिसा गर्ल’, ‘उमा’ जस्ता चलचित्रमा जीवन्त अभिनय गरेकी ऋचा पछिल्लो समय ‘कमेडी च्याम्पियन’ मा निर्णायक बनेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७