किरण चेम्जोङ बने प्रिमियर स्कुलको ‘स्पोर्ट्स एम्बासडर’


२३ भाद्र २०७८, बुधबार
kiran premier school2021 FrW4cQiOny

काठमाडौं, २३ भदौं । राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ प्रिमियर इन्टरनेशनल आईबी वर्ल्ड स्कुलको स्पोर्ट्स एम्बासडर बनेका छन् । प्रिमियर स्कुलले आज (मंगलबार) एक कार्यक्रमकबीच किरणलाई एम्बासडर नियुक्त गरेको हो ।

स्कुल र किरणले तीन वर्षको सम्झौता भएको छ । किरणलाई प्रिमियर स्कुलका वसन्त थापाले सम्झौता पत्र प्रदान गरे । किरणले विद्यालयका विद्यार्थीसँग आफ्नो अनुभव र खेल कौशल साटासाट गर्नेछन् । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले आफूहरूको लक्ष्य युवा फुटबल विकास रहेकाले स्कुल फुटबललाई प्रोत्साहन गर्न आफू सकारात्मक रहेको बताए ।

किरण अब साफ च्याम्पियनसिपको तयारीका लागि राष्ट्रिय टोलीसँग शुक्रबार कतार प्रस्थान गर्नेछन् । राष्ट्रिय टोलीले माल्दिभ्समा हुने साफ च्याम्पियनसिप अघि कतारमा बन्द प्रशिक्षण गर्दैछ । प्रतियोगिता राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा अक्टोबर १ देखि १६ सम्म हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७