ज्याकलिनको भाऊ तीन मिनेटको ७५ लाख !


२३ फाल्गुन २०७४, बुधबार
17438991 1934273403470223 6844350125016350720 n

काठमाडौँ, २३ फागुन : बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले एक अवार्ड कार्यक्रममा चार मिनेटको प्रस्तुतिका लागि १ करोड २५ लाख लिएको चर्चा सेलाउन नपाउँदै अर्की नायिकाको यस्तै चकित पार्ने खबर सार्वजनिक भएको छ ।17438991 1934273403470223 6844350125016350720 n

पूर्व मिस श्रीलंका तथा बलिउड अभिनेत्री ज्याकलिन फर्नाण्डिजलाई उत्तर प्रदेश सरकारले तीन मिनेटका लागि ७५ लाख रुपैया तिरेको छ । उनलाई उत्तर प्रदेशमा एक महोत्सवका दौरनमा तीन मिनेटको प्रस्तुतिका लागि यति रकम खर्चिएको हो । महोत्सवमा आएका मन्त्री, सरकारी अधिकारी र व्यापारिक घरानाका व्यक्तिहरु सहभागी थिए ।

उक्त कार्यक्रममा उनले सलमान खानको बचाउ गर्न पनि भ्याइन् । केही दिनअघि सम्पन्न श्रीलंकाको राष्ट्रपतिय निर्वाचनमा सलमानले महिन्दा राजापाक्षेका लागि भोट नमागेको र एक च्यारिटी शोमा भाग लिन गएको बताईन् । राजापाक्षेलाई भोट मागेको भन्दै सलमानको घर बाहिर भारतका तमिल समुदायमा मानिसहरुले प्रदर्शन नै गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७