आज तीजको दिन कस्तो रहला मौसम, कहाँ–कहाँ छ बर्षाको सम्भावना ?


२४ भाद्र २०७८, बिहीबार
Rain

काठमाडौं, २४ भदौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बिहीबार) बिहान देशभर आंशिकदेखि सामान्य वदली रही प्रदेश–१, प्रदेश–२ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज हिन्दु नारीहरूको महान् पर्व तीज पनि हो। मौसमविदको भनाइअनुसार पर्व मनाउन आज मौसमले साथ नदिने सम्भावना छ ।

देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले अनुरोध गरेको छ । निरन्तरको वर्षाले माटो गलेकाले सानो पानी पर्दा पनि पहिरो जानसक्ने भएकाले कमजोर पहाडमा बस्नेहरुले विशेष सतर्क हुनुपर्ने मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७