थप १,८४५ ले जिते कोरोना, १,२७१ नयाँ थपिए, १४ को मृत्यु


२४ भाद्र २०७८, बिहीबार
korona

काठमाडौं, २४ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,८४५ जनाले कोरोना भाइरस संक्रमणलाई जितेका छन् । आज (बिहीबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर थप १,८४५ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

मन्त्रालयका अनुसार योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या नेपालमा ७ लाख ३५ हजार छ पुगेको छ । कोरोना निको हुने दर ९४ दशमलव ९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १,२७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कोरोनाका सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ रहेको छ । मन्त्रालयका अनुसार सोही अबधिमा देशभर १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७