कांग्रेस महाधिवेशन : निर्वाचन समिति संयोजकले दिए राजीनामा, झन थपियो अन्योल


२५ भाद्र २०७८, शुक्रबार
mahadev yadav nQGMFeUg3y

काठमाडौं, २५ भदौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । पार्टी केन्द्रीय कार्यालयमा राजीनामा पत्र बुझाएको उनले पुष्टि गरे ।

‘मैले राजीनामा दिइसकेको छु’, संयोजक यादवले भने, ‘अब के हुन्छ, त्यो पार्टीले जान्ने कुरा भयो ।’ निर्वाचनले लामो समय लिएकाले आफूले राजीनामा दिएको उनको भनाइ छ । ‘यति धेरै समय लाग्छ भन्ने थाहा भएको भए म सुरुमै यो जिम्मेवारी लिने थिइनँ । मेरो मुख्य पेसा वकालत हो । लामो समय यता खिर्चंदा मेरो मूल पेसा छायामा परेकाले मैले राजीनामा दिएको हुँ’, उनले भने ।

कांग्रेसले भदौ १८ गते देशका छ हजार ७४३ वडामा एकैदिन वडा अधिवेशन गर्ने भने पनि ५६ जिल्लाका विभिन्न वडामा मात्रै अधिवेशन सकिएको छ । २१ जिल्लामा अधिवेशन सुरु भएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७