यसरी मर्यादापालककै काँधमा चढिन् एमाले सांसद गंगा चौधरी


२५ भाद्र २०७८, शुक्रबार
241694086 535284800885838 3993815693707140606 n 5GboW2CyI3

काठमाडौं, २५ भदौं । प्रतिनिधि सभाको आज (शुक्रबार) को वैठक अरू बेला भन्दा भिन्न देखियो । नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले शुक्रबारको प्रतिनिधिसभा बैठकमा पनि रोष्ट्रम चढ्ने कोशिस गरिन् ।

यसअघि बुधबारको प्रतिनिधिसभा बैठकमा पनि उनले गृहमन्त्री बालकृष्ण खाँणलाई रोक्ने प्रयास गर्दै रोष्ट्रम चढ्ने कोशिस गरेकी थिइन् । शुक्रबार पनि उनी संसदका मर्यादापालकमाथि चढ्दै रोष्ट्रममा पुग्ने कोशिसमा थिइन् । यसबारेमा उनले संसदबाट बाहिरिँदै प्रतिक्रिया दिइन् । रोष्टममा अर्थमन्त्री जनार्दन शर्मा बजेट सम्बन्धी प्रतिस्थापन विधेयक वाचन गरिरहेका थिए । संसद्को ड्यासको अग्रभागमा एमालेका सांसदहरू सभामुख विरुद्ध नाराबाजी गर्दै रोष्टममा उक्लिने प्रयास गरिरहेका थिए भने मर्यादापालकहरुलाई सांसदहरूको भीड रोक्न हम्मे परिरहेको थियो ।

एमाले सांसदहरू नाराबाजीमा मात्र सीमित रहेनन्, उनीहरू रोष्टममा पुग्नका लागि मर्यादापालकको काँधै चढ्न पुगे । सांसद गंगा चौधरी सभामुख आसिन रोष्टममा पुग्न मर्यादापालकहरुको काँधमा नै चढ्न पुगिन् । तर मर्यादापालकहरुले उनलाई रोके ।

संसद् बैठक सकिएर बाहिर निस्कने क्रममा पत्रकारहरूले तपाई रोष्टममा पुगेर के गर्न चाहनुहुन्थ्यो भन्ने प्रश्नमा उनले बजेट विधेयक वाचन गरिरहेका अर्थमन्त्री शर्मालाई रोक्नका लागि प्रयास गरेको बताइन् ।

उनले भनिन्, ‘अर्थमन्त्रीले रोष्मटमा बोलिरहेको कुरालाई रोक्ने मेरो उद्देश्य थियो । रोष्टममा अर्थमन्त्री चोर बाटोबाट त्यसरी लुकेर जाने हैन नि । के जनयुद्ध हो यो ? संसद्भित्र जनयुद्ध गरेको हो ? लोकतन्त्र के हो, व्यवस्थापिका के हो ? यस्तो गुरिल्ला पाराले यो सरकार अघि बढ्न सक्दैन् । यो जङ्गली शैली हामीलाई स्वीकार्य छैन ।’ सांसद चौधरीले २३ गते बसेको प्रतिनिधि सभाको बैठकमा पनि विरोधका क्रममा संसदमा ड्यासमा पुग्ने प्रयास गरे पनि मर्यादापालकहरु रोक्न सफल भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७