झापामा पाँच दिनमै चार महिलाको शव फेला


२६ भाद्र २०७८, शनिबार

झापा, २६ भदौं । झापामा एक साता नबित्दै चार महिलाको शव फेला परेको छ । झापा गाउँपालिकाका दुई फरक ठाउँमा शुक्रबार दुई महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । यसअघि यही भदौ २० गते पनि झापाका छुट्टाछुट्टै ठाउँमा दुई महिलाको शव फेला परेको थियो ।
शुक्रबार झापा १ सालमारास्थित सानो माई खोलाको किनारमा सडेको अवस्थामा एक महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ ।

खोलाको पानीमा डुबेको अवस्थामा महिलाको नग्न शव फेला परेको हो । शव खोलाको पानीमा घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शवको पहिचान खुलेको छैन । शव पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर लगिएको छ । घटना अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी शुक्रबारै झापा गाउँपालिका ५ सन्थालमा पनि एक महिलाको शव फेला परेको छ । स्थानीय ५५ वर्षीया मञ्जु टुडुको शव सिकुवामा फेला परेको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार यसअघि भदौ २० मा स्थानीय कन्काइ र देउनिया खोलामा दुई महिलाको शव फेला परेको थियो । ती शवको अझै सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७