तालिबान सरकारको उद्घाटन समारोहमा रुस सहभागी नहुने


२६ भाद्र २०७८, शनिबार
putin

काठमाडौं, २६ भदौं । रुस सरकारका प्रवक्ता दिमत्री पेस्कोभले तालिबान सरकारको उद्घाटन कार्यक्रममा रुस सहभागी नहुने बताएका छन् ।
उनले अवस्था कसरी परिवर्तन हुन्छ भन्ने थाहा नभएको उल्लेख गर्दै तालिबानको नेतृत्वमा बनेको अफगान सरकारको पहिलो र त्यसपछि अन्य कदम कस्तो हुनेछ हेर्न जरुरी रहेको बताए ।

आरआईए समाचार एजेन्सीका अनुसार हप्ताको सुरुवातमा रुसको माथिल्लो सदनका प्रवक्ताले तालिबानको सरकार उद्घाटन कार्यक्रममा राजदूतस्तरको अधिकारी पठाउने भनेका थिए । बिहीबार राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देश रुस अफगानिस्तानबाट अन्य देशका नागरिकलाई बाहिर निकाल्न तालिबानसँग संवाद भइरहेको बताएका थिए ।

मस्कोमा आयोजित पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘धेरै देशले हामीसँग हाम्रा र अफगान नागरिकलाई त्यहाँबाट निकाल्न भनिरहेका छन् । हामीले गोप्य रुपमा होइन, तालिबानसँग कुरा गरेरै विभिन्न तहका नागरिकका लागि उद्धारको काम गरिरहेका छौं ।’ गत अगस्ट १५ का दिन अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको तालिबानले गत मंगलबार आफ्नो अन्तरिम सरकार गठन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७