त्रिचन्द्र कलेज र घण्टाघर पुनर्निर्माण हुने


२६ भाद्र २०७८, शनिबार
Trichandra college 20180530111917

काठमाडौं, २६ भदौं । देशको सबैभन्दा पुरानो क्याम्पस त्रिचन्द्र कलेज र त्यहाँ रहेको घण्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गरिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विद्येयक अन्तर्गत आर्थिक वर्ष २०७८/ ७९ को संसोधित बजेटमार्फत त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गर्ने प्रबन्ध गरिने घोषणा गरेका हुन् ।

विश्वविद्यालयहरूलाई पूर्वाधार विकाससहित अनुसन्धान केन्द्रका रुपमा विकास गरिने अध्यादेशमा उल्लेख छ । नारायणहिटी दरबार संग्रहालयमा ‘रामापिथेकस’ देखि देशको सम्पूर्ण कालखण्ड झल्किने ऐतिहासिक प्रतिमा राखेर शासकीय संग्रहालयका रुपमा विकास गर्ने अध्यादेशमा उल्लेख छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७