तालिबान सत्तामा आयो, फेरि आतंकवादी हमलाको खतरा बढ्यो : बेलायती गुप्तचर प्रमुख


२६ भाद्र २०७८, शनिबार
9 11 1FcffHPHPZ

काठमाडौं, २६ भदौं । बेलायतका गुप्तचर एजेन्सी प्रमुखले अफगानिस्ताको सत्तामा तालिबान आएपछि विश्वमा ९-११ को जस्तै आतंकवादी हमलाको खतरा बढेको बताएका छन् ।

‘एमआई फाइभ’ का निर्देशक जनरल केन म्याकलमले बीबीसँग विशेष कुराकानी गर्दै तालिबान सत्तामा आएपछि सबैभन्दा खतरामा बेलायत परेको बताए । उनले भने, ‘किनकी नेटोका सेना पनि अफगानिस्तानबाट गइसकेका छन् ।’

म्याकलमका अनुसार ९-११ घटनाको २० वर्षपछि बेलायतमा आतंकवादी आक्रमणको खतरा धेरै बढेको छ । उनले भने, ‘फरक के मात्रै हो भने यस्तो आक्रमण सानो रूपमा देखिएको छ । तर चक्कु र बन्दुकका आधारमा आतंककारीहरूले हमला गरिरहेका छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७