सेती नदीमा बगेर १८ वर्षीय युवक बेपत्ता


२६ भाद्र २०७८, शनिबार
bageka youth Zcp45kRR6L

डोटी, २६ भदौं । सेती नदीमा नुहाउने क्रममा एक जना युवक बगेर बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–३ बस्ने १८ वर्षीय पवन भुत्याल हिजो दिउँसोदेखि नदीमा बगेर बेपत्ता भएका इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए ।

हिजैदेखि इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको नौ जना प्रहरीको टोलीले उनको खोजी कार्य गरिरहेको छ । नदीको पानी धमिलो भएका कारण खोजी गर्न समस्या भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७