भनसुनमा प्रहरीमा जागिर लगाएको दाबी गर्ने नेविसंघ कार्यकर्ता पक्राउ


२६ भाद्र २०७८, शनिबार
narendra 2t5pC0aHbL

प्युठान, २६ भदौं । गृहमन्त्री बालकृष्ण खाँणलाई भनेर प्रहरीमा नाम निकालिदिएको दाबी गर्ने नेपाल विद्यार्थी संघका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्युठानको ऐरावती गाउँपालिका–१ दाङबाङ घर भएका नरेन्द्र गुरुङलाई पक्राउ गरिएको प्युठानका डिएसपी सुनिल मल्लले बताए ।

गुरुङले आफ्नो व्यक्तिगत पहल र नेपाली कांग्रेस प्यूठानका उपसभापति बद्री लम्साल समेतको सिफारिसमा प्युठानका ४१ जनाले प्रहरीमा नाम निकालेको सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । समाजिक सञ्जालमा गुरुङले नाम निकाल्नका सहयोग गरेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणलाई ‘धन्यवाद’ दिंदै नाम निकाल्नेहरूको सूची समेत पोष्ट गरेका थिए ।

गुरुङलाई प्युठान नगरपालिका–१ स्थित जुम्रीबाट पक्रेर आवश्यक अनुसन्धान शुरु गरिएको डिएसपी मल्लले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७