कर्णाली राजमार्गमा पहिरो, यातायात ठप्प


२६ भाद्र २०७८, शनिबार
pp

जुम्ला, २६ भदौं । कर्णाली राजमार्गको जुम्ला खण्डमा सुख्खा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । जुम्लाको तिला गाउँपालिका–३ लुम्सेरा गाउँ नजिकै सुख्खा पहिरो गएको हो । अहिले पनि पहिरो गएको क्षेत्रमा स–सानो पहिरो खसिरहेको छ । पहिरोले सडक पुरिएपछि विहानैदेखि यातायातका साधन रोकिएका छन् ।

जुम्लादेखि सुर्खेत–नेपालगंज र काठमाडौं जाने लामो दूरीका सवारीसाधन अलपत्र परेका छन् । छोटो दूरीका यातायात पनि चल्न सकेका छैनन् । सिँजा गाउँपालिकाका गोल्डेन बुढाले पहिरो पन्छाउने कार्य हुन नसकेको बताए । उनले भने, ’प्रहरी पहिरो गएको क्षेत्रमा पुगेको भए पनि पन्छाउने कार्य सुरु भइसकेको छैन । डोजर मगाएकोले पहिरो पन्छाउन ढिलो भइरहेको छ ।’

डोजर पुग्ने वित्तिकै पहिरो पन्छाउने कार्य सुरु हुने जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले जानकारी दिए । अहिले जुम्लाबाट छुटेका सबै सवारीसाधन रोकिएका छन् । उनीहरुले छिटोभन्दा छिटो पहिरो पन्छाएर यातायात सेवा सञ्चालनमा ल्याउन माग गरेका छन् ।

राति साढे ४ बजेतिर सुख्खा पहिरो खसेको स्थानीय बताउँछन् । यसअघि पनि उक्त खण्डमा पहिरो खसेको थियो । पहिरो सम्भावित क्षेत्र पहिचान गरेर सडक खुलाउन डोजर तयारी अवस्थामा नराख्दा समस्या भइरहेको स्थानीय बताउँछन् । पहिरो खसिरहेकोले पैदल हिँड्न समेत रोक लगाइएको छ।

कर्णाली राजमार्ग पहिरो खसिरहने सडक हो । त्यही भएर सडक खण्डको बीचबीचमा डोजर राखिनु पर्ने कर्णलीवासी पहिलेदेखिको माग हा े। तर पहिरो गइरहेको छ । तर पहिरो पन्छाउन निकै ढिलासुस्ती हुने गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चौलागाइँले भने,‘पहिरो गएको भन्ने सुन्नमा आएको छ । पहिरो कति ठूलो गएको छ देखिएको छैन । सडक डिभिजन कार्यालयलाई पहिरो पन्छाएर यातायात सेवा सञ्चालनमा ल्याउन भनिसकिएको छ । जतिसक्दो छिटो पहिरो पन्छाएर सडक खुलाउने पहल भइरहेको छ ।’

सडकमा पहिरो गएपछि यातायात सेवा ठप्प छन् । कर्णाली राजमार्गको जुम्ला खण्डमा पहिरोको न्युन संभावना भएको खण्ड हो । पहिरो गएपछि पन्छाउन पनि निकै सजिलो क्षेत्र हो । तर समयमै सरोकारवालाको पहल हुन नसक्दा दिनभर थन्किनु पर्ने अवस्था सिर्जना हुने गरेको जुम्लावासी बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७