एमसीसी चाहिन्छ तर, राष्ट्रिय सहमति अनिवार्य : अर्थमन्त्री शर्मा


२६ भाद्र २०७८, शनिबार
IMG 0554

काठमाडौं, २६ भदौं । अर्थमन्त्री जनार्दन शर्माले मिलेनियम च्यालेञ्ज कर्पोरेसन्स (एमसीसी) नेपालका लागि आवश्यक भए पनि यसका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

नेपालको चार दिने भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग आज (शनिबार) सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले एमसीसी नेपालको लागि आवश्यक भए पनि त्यसलाई पारित गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका हुन् ।
एमसीसी उपाध्यक्ष सुमारले एमसीसी नेपाललाई चाहिने वा नचाहिने भन्ने विषयको छिट्टै टुंगो लगाइदिन मन्त्रि शर्माालाई आग्रह गरेकी थिइन् । मन्त्री शर्माले एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने भएकाले राजनीतिक सहमति आवश्यक रहेको उपाध्यक्ष सुमारलाई भनेका थिए ।

बिहीबार काठमाडौं आएकी सुमारले यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ साथै जनता समाजवादीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा अर्का अध्यक्ष उपेन्द्र यादवलगायतसँग भेट गरेकी थिइन् ।

शनिबारको भेटमा उपाध्यक्ष सुमारले संसदबाट यथाशिघ्र एमसीसी अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । जवाफमा अर्थमन्त्री शर्माले एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषय अहिले छलफलकै क्रममा रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७