कांग्रेसमा युवा नेता को कता ?


२७ भाद्र २०७८, आईतवार
congress

काठमाडौं, २७ भदौं । सभापति शेरबहादुर देउवा गुटका सम्भावित महामन्त्रीका उम्मेदवार प्रवक्ता विश्वप्रकाश शर्माले गुट परिवर्तन गरिसकेका छन् ।

गगन थापाले पनि कृष्णप्रसाद सिटौला गुट छोडेका छन् । देउवालाई खुमबहादुर खड्का गुटले महामन्त्रीका लागि दबाब दिइरहेको छ । पूर्णबहादुर खड्का, मोहन बस्नेत, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, पुष्पा भुसाललगायतका खुमबहादुर गुटका नेताहरूले महामन्त्री र सरकारमा मन्त्रीका लागि देउवालाई दबाब बढाएका छन् । देउवा गुटकै बालकृष्ण खाँण, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, रमेश लेखकको व्यवस्थापन पनि देउवाका लागि चुनौतीपूर्ण छ ।

पौडेल गुटमा पनि महामन्त्रीको उम्मेदवारका लागि युवा नेताहरूबीच हानथाप छ । गगन, गुरुराज, डा. मीनेन्द्र रिजाल, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतका नेताहरू महामन्त्री उम्मेदवारका आकांक्षी छन् । विगतमा कोइराला परिवार निकट आनन्द ढुंगाना यसपटक देउवा गुटमा खुलेका छन् ।

फरमुल्लाह मन्सुर पनि कोइराला परिवार छोडेर १३ औं महाधिवेशनदेखि देउवा गुटमा प्रवेश गरेका हुन् । विगतमा देउवा छोडेर कोइराला गुटमा प्रवेश गरेका डा. नारायण खड्का पुनः देउवा गुटमै फर्केका छन् । मीनेन्द्र रिजाल पनि देउवा छोडेर गिरिजाप्रसाद कोइराला हुँदै शशांकतिर लागेका छन् । अर्जुन जोशी कोइराला गुट छोडेर देउवातिर फर्केका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७