अजिज अखान्नौच मोरक्कोको नयाँ प्रधानमन्त्री नियुक्त


२७ भाद्र २०७८, आईतवार
aa461e10 baf2 4e6f 92d7

काठमाडौं, २७ भदौं । मोरक्कोमा अजित अखान्नौच नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । मोरक्कोका राजा मोहम्मद छैठौंले अजिज अखान्नौचलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् । नेस्नल र्‍याली अफ इन्डेपेन्डेन्ट (आरएनआई) का अध्यक्ष समेत रहेका अखान्नौचलाई मन्त्रिपरिषद् गठन गर्ने जिम्मेबारी समेत दिइएको छ ।

यही सेप्टेम्बर ८ मा भएको निर्वाचनको नतिजाका आधारमा अखान्नौचलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राजदरवारबाट प्रकाशित वक्तव्यमा उल्लेख गरिएको छ । निर्वाचनमा उनको पार्टीले जित हासिल गरेको छ ।

प्रधानमन्त्रीमा नियुक्त अजिज अहिले ६१ वर्षका छन् । उनी सन् २००७ देखि २०१७ सम्म कृषि मन्त्री थिए । अजिजको आगमनसँगै मोरक्कोमा जस्टीस एण्ड डेभ्लभमेन्ट पार्टीको सरकार अन्त्य भएको छ । यो पार्टीले गत सन् २०११ देखि गठवन्धन सरकार चलाउदै आएको थियो । मोरक्कोमा गत बुधबार तल्लो सदनका सदस्य र स्थानीय तहका प्रतिनिधि चयनका लागि मतदान भएको थियो ।
निर्वाचनका लागि देशभरी झण्डै एक करोड ७५ लाख आधिकारीक मतदाता थिए । कोरोनाभाइरसको महामारीलाई मध्यनजर गर्दै मतदान केन्द्र तोकिएको र मतदान केन्द्रमा भीडभाड नहुने व्यवस्था गरिएको थियो ।

तल्लो सदनका लागि देशभरीबाट ३९५ जना छानिने गरी निर्वाचन भएको थियो । त्यसैगरी स्थानीय प्रतिनिधिका रूपमा झण्डै ३१ हजार चुनिने गरी निर्वाचन भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि मोरक्कोका मात्रै झण्डै चार हजार ५ सय र विदेशी झण्डै १ सय निकायका पर्यवेक्षक खटिएका थिए । निर्वाचन आयोगले प्रान्तीय परिषद्को निर्वाचन भने यही सेप्टेम्बर २१ र माथिल्लो सदनको निर्वाचन अक्टोबर ५ मा गर्ने तयारी गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७