खाना पकाइरहेका बेला चट्याङ्ग लागेर १६ वर्षीया किशोरीको गयो ज्याने


२७ भाद्र २०७८, आईतवार
chatyang

जाजरकोट, २७ भदौं । जाजरकोटमा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । हिजो (शनिबार) बेलुका परेको चट्याङ्ग लागेर बारेकोट गाउँपालिका–१ कोटेलीकी १६ वर्षकी सम्झना गिरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

हिजो बलेुका खाना पकाउँदै गरेको बेला उनलाई चट्याङ्ग लागेको थियो । नेपालगञ्जमा एसईईपछि तयारी कक्षा पढ्दै गरेकी उनी तीज मान्न घर गएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७