पेरु माओवादी आन्दोलनका नेता गोञ्जालोको निधन


२७ भाद्र २०७८, आईतवार
thumb 1 3

काठमाडौं, २७ भदौं । पेरुको माओवादी आन्दोलन ‘साइनिङ पाथ’ का नेता अबिमाइल गुज्मान गोञ्जालोको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनको ८६ वर्षको उमेरमा शनिबार बिहान मृत्यु भएको पेरुका न्याय मन्त्री अनिबल टोरेसले जानकारी दिएका छन् ।

दर्शनशास्त्रका प्राध्यापक समेत रहेका गोञ्जालो विगत २९ वर्षदेखि बन्दी जीवन बिताइरहेका थिए । उनी पेरुको युद्धको क्रममा सन् १९९२ राजधानी लिमाबाट गिरफ्तारीमा परेका थिए । त्यसपछि उनलाई त्यहाँको सत्ताले आजीवन कारागारको सजाय सुनाएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई विगत केही वर्षदेखि छालाको क्यान्सर भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७