एकीकृत समाजवादीको पाल्पा अध्यक्षमा पाण्डे


२७ भाद्र २०७८, आईतवार
palpa nekapa yes ARL3qsAubp

पाल्पा, २७ भदौं । नेकपा (एकीकृत समाजवादी)को पाल्पा जिल्ला अध्यक्षमा खिमानन्द पाण्डे (कमल) चयन भएका छन् । पाण्डे एमालेमा हुँदा जिल्ला उपसचिव थिए ।

शनिबार सदरमुकाम तानसेनमा भएको पार्टीको जिल्ला भेलाले पाण्डेको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा रमा घर्ती र सचिव मोहन गैरे चयन भएका छन् ।

भेलामा एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य सोमप्रसाद पाण्डे प्रमुख अतिथि थिए । भेलालाई सम्बोधन गर्दै उनले निर्वाचन चुनाव चिह्नले मात्रै जित्न नसकिने बताए । भेलाले लेखनाथ पोखरेलको संयोजकत्वमा पार्टीको ७ सदस्यीय सल्लाहकार समिति पनि समेत गठन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७