काठमाडौं जाँदै गरेको जीप मानेभन्ज्याङमा दुर्घटना : एकको मृत्यु, नौं जना घाइते


२८ भाद्र २०७८, सोमबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

ओखलढुङ्गा, २८ भदौं । ओखलढुङ्गाको मानेभन्ज्याङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य नौ जना घाइते भएका छन् ।

मानेभन्जयाङ गाउँपालिका–६ हिलेपानीमा आइतबार दिउँसो बा ११ च ५२१० नम्बरको जीप सडकबाट ५० मिटिर तल खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जीप सिद्धिचरण नगरपालिका–२ ठूलाछापको निशंखेबाट यात्रु लिएर काठमाडौँ जाँदै थियो ।
दुर्घटनामा बारा घर भएका ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । जीपमा चालकसहित १० जना सवार थिए । दुर्घटनामा नौ जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जना शिशुसहित चार जनाको अवस्था गम्भीर भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिए । गम्भीर घाइते चार जनालाई उपचारको लागि काठमाडौं लगिएको छ । तीव्र गतिको कारण जीप पल्टिएको अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७