ठूलाखाले सबै मिडिया बन्द गर्ने ट्रम्पको चेतावनी


२७ आश्विन २०७४, शुक्रबार

वाङिटन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलाखाले सबै अमेरिकी समाचार सञ्जालको प्रसारण अनुमति रद्द गर्ने चेतावनी दिएका छन् । झूटा र वाहियात समाचार प्रसार प्रसार गर्ने भएकाले यस्ता अमेरिकी सञ्चारमाध्यम बन्द गर्नुपर्ने उनले स्पष्ट पारेका हुन् ।

donald trump

आफूले देखाएको परमाणु नीतिलाई गलत रूपमा सम्प्रषण गरेको र स्थिति तनावपूर्ण बनाउन खोजेको भन्दै उनले यस्तो चेतावनी दिएका हुन् । ट्रम्प र उनका सहयोगीले अमेरिकी सञ्चारमाध्यमले संवेदनशील विषयमा गलत सूचना सम्प्रेषण गरेको बताए । एनबीसी न्युजले ट्रम्पले अमेरिकी परमाणु हतियार दश गुणा बढाउन चाहेको रिपोर्टिङ गरेको थियो । यो समाचारप्रति ट्रम्प निकै आक्रोशित बनेका छन् ।
उत्तर कोरियाले आणविक हतियार र क्षेप्यास्त्र परीक्षण गरिरहेका बेला स्थिति उत्तेजक बनाउन ठूला अमेरिकी सञ्चारमाध्यमले यस्ता झूटा समाचार प्रचार प्रसार गर्ने गरेको उनको भनाइ छ । यो समाचारमा कुनै सत्यता नभएको र यो पूरै बनावटी समाचार भएको उनले उल्लेख गरे ।
ट्रम्पले ट्विट गर्दै भनेका छन्, ‘समाचार सञ्जाल यति पक्षपाती, विकृत र झूटा भइसके कि उनीहरूको अनुमति पत्रलाई नै चुनौती हुन थालिसके। यस्तै अवस्था रहेमा अनुमति रद्द गर्नु पनि उचित हुनेछ ।’ आफूले कहिले पनि परमाणु हतियारको वृद्धि गर्ने कुरा सोच्न पनि नसकेको उनले बताए । ट्रम्पले अमेरिकी सेनालाई आधुनिकीकरण गर्ने उल्लेख गरेको विषयलाई अमेरिकी सञ्चारमाध्यमले परमाणु हतियार दश गुणा वृद्धि गर्न चाहेको भन्दै सम्प्रेषण गरेका थिए ।
अमेरिकाका केही ठूला सञ्चारमाध्यमले मिति नै तोकेर ट्रम्पले जुलाईमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारलाई परमाणु हतियार १० वृद्धि गर्न आदेश दिएको भन्दै उल्लेख गरेका थिए । हाल अमेरिकासँग ४ हजार आणविक हतियार रहेका छन् । अमेरिकी रक्षामन्त्रालयले पेन्टागनले पनि उक्त समाचार गलत भएको भन्दै खण्डन गरेको छ । यसैगरी अमेरिकी रक्षामन्त्री जिम म्याटसले पनि सञ्चारमाध्यमले गलत सूचना दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
आणविक हतियारमा लगानी गरेको भन्दै उत्तर कोरियामाथि नाकाबन्दी गर्न अमेरिकाले प्रमुख भूमिका खेलेका अमेरिकी सञ्चारमाध्यममा यस्तो समाचार आएको हो । हाल इरानसँग पनि आणविक हतियारका विषयमा अमेरिकासँग भनाभनको अवस्था छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७