अफगानिस्तानमा डेढ वर्षदेखि बेरोजगार ३४ नेपालीलाई घर फर्किने चिन्ता

ज्यान जोगाउन गुरुद्धार हुँदै युएन सेल्टरमा


२८ भाद्र २०७८, सोमबार
afaganistan 1

काठमाडौं, २८ भदौं । अफगानिस्तानको राजधानी काबुलमा ३४ नेपाली स्वदेश फर्कने पर्खाइमा छन् । नेपाली सेनाबाट अवकाश पाएका १२ र भारतीय सेनाबाट अवकाश पाएका २२ पूर्व सुरक्षाकर्मीमध्ये कोही चार महिनादेखि त कोही डेढ वर्षदेखि काबुल पुगेर पनि बेरोजगार छन् ।

नेपालमा दलाललाई सात लाख बुझाएर गएका उनीहरुमध्ये अधिकांशले काबुल पुगेपछि अफगान दलाललाई थप चारदेखि आठ लाखसम्म बुझाएको बताएका छन् । तर, खाने र बस्ने सुविधाबाहेक उनीहरुले कुनै रोजगारी पाएनन् । तालिवान सत्तामा आएपछि ज्यान जोगाउँदै एयरपोर्ट र गुरुद्धार हुँदै अहिले उनीहरु युएन एरियामा बसेका छन् ।

सबै रितोहात फर्किदै छन् । संयुक्त राष्ट्रसंघीय कार्यालय र युनिसेफमा कार्यरत चार सय ७० नेपाली सुरक्षाकर्मीमध्ये सय र बेरोजगार अवस्थाका ३४ जनालाई चार्टर उडानबाट काठमाडौं ल्याउने भनिएको छ । तर, कहिले ल्याउने भन्ने अझै टुंगो छैन । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७