निपाह भाइरस संक्रमण, सतर्कता अपनाउन विज्ञको सुझाव


२८ भाद्र २०७८, सोमबार
image vAZVjFYzzB

काठमाडौं, २८ भदौं । भारतमा निपाह भाइरस सङ्क्रमणको कारणले मानिसको मृत्यु हुन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ ।

स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले भारतको केरला राज्यमा देखिएको निपाह भाइसरको सङ्क्रमण नेपालमा समेत देखिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले नेपालमा पनि निपाह भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

उनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको बैठकले सबै अस्पताललाई परिपत्र गर्दै सङ्क्रमणको चुनौतीविरुद्ध प्रबन्ध गर्न लक्षण देखिए रिपोर्टिङ गर्न भनिसकेको जानकारी दिए ।

डा. पौडेलले निपाह भाइरसको लक्षण देखिएमा बिरामीको नमुना लिएर काठमाडौंको टेकुस्थित जनास्थ्य प्रयोगशालामा पठाउन पनि महाशाखाले आग्रह गरेको बताए । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७