केयर गिभरमा इजरायल जानेको भाषा परीक्षा आज, यी हुन् परीक्षार्थी केन्द्र (सूचीसहित)


२८ भाद्र २०७८, सोमबार

काठमाडौं, २८ भदौं । इजरायल रोजगारीका लागि जाने श्रमिक छनोट गर्न आज (सोमबार) भाषा परीक्षा हुँदैछ । दिउँसो १ बजेबाट एक घण्टा हुने परीक्षामा सात हजार नौं जना सहभागी हुुँदैछन् ।

साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन लिइएका ९ हजार ६९९ जनामध्येबाट लिखित परीक्षामा सहभागी हुने उम्मेदवार छनोट गरिएको हो । परीक्षा काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन हुने वैदेशिक रोजगार विभागका प्रवक्ता तथा निर्देशक कमल ज्ञवालीले जानकारी दिएका छन् । परीक्षामा सहभागी हुनेलाई विभागले इमेलमा नै प्रवेश पत्र पठाइसकेको छ । यस्तै परीक्षा केन्द्र पनि इमेलबाटै जानकारी गराइसकेको निर्देशक ज्ञवालीले बताए । परीक्षामा सहभागी हुन आफ्नो परिचय खुल्ने सक्कल कागजात र प्रवेशपत्र प्रिन्ट गरेर लैजानु पर्नेछ।

हरेक कोठामा बढीमा २५ जना र एउटा बेञ्चमा एक जनालाई मात्रै राखिने तथा स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने वैदेशिक रोजगार विभागले जनाएको छ । ८० पूर्णाङ्कको परीक्षामा अंग्रेजी भाषामा ग्रामर र स्वास्थ्यसम्बन्धी प्रश्न सोधिने छ । ४० वटा टिकमार्क प्रश्नको हरेक २ अंकका हुनेछन् ।

लिखित परीक्षामा १,६८० जना उत्तीर्ण हुनेछन् । परीक्षाको नतिजा दुई दिनभित्र सार्वजनिक हुने निर्देशक ज्ञवालीले बताए । प्रश्नपत्र चेकजाँच कम्प्युटर सिस्टमबाट गरिने भएकाले छिटो नतिजा सार्वजनिक हुने भएको हो । लिखित परीक्षाको नतिजा सार्वजनिक भएको १० दिनभित्र अन्तर्वार्ता र शारिरीक परीक्षण गर्ने विभागको तयारी छ । लिखितमा जस्तै अंग्रेजी ग्रामर र स्वास्थ्य सम्बन्धि प्रश्न सोधिने छ भने शारिरीक परीक्षणमा उचाइ, तौल नापिनेछ । इजरायल जाने श्रमिकको तौल कम्तीमा ४५ किलो र उचाइ १.५ मिटर हुनुपर्नेछ ।

अन्तर्वार्ता र शारीरिक परीक्षणपछि विभागले १४ सय जना छनोट गरेर नेपालस्थित इजरायल दूतावासमा पठाउनेछ । दूतावासले चिट्ठा प्रक्रियाबाट एक हजार श्रीमक छनोट गरेर भिसाको प्रक्रिया सुरु गर्ने विभागले जनाएको छ । इजरायल जानका लागि ७ सय महिला र ३ सय जना पुरुष छनोट हुनेछन् । इजरायलले ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने सम्झौता छ । आवेदन दिनेमा भने पुरुष धेरै छन् । ५ हजार ४ सय ९९ जना पुरुष र ४ हजार २ सय जना महिलाले आवेदन दिएका थिए ।

इजरायल जाने श्रमिकले सरकारलाई एक लाख ६५ हजार रुपैयाँ बुझाउनु पर्नेछ । इजरायलमा सरकारले नै श्रमिक पठाउन लागेको हो । उनीहरुले इन्स्योरेन्स, भिसा, स्वास्थ्य जाँच, हवाई टिकटलगायतका खर्च आफैं बेहोर्नु पर्नेछ । केयर गिभरमा जानेले हप्ताको ४२ घण्टा काम गर्नुपर्नेछ । नेपालीले पनि त्यहाँका नागरिकसरह नै सुविधा पाउने छन् । इजरायलको वर्तमान तलब व्यवस्थाअनुसार एक लाख ८६ हजार रुपैयाँ (स्थानीय ५३ सय अथवा १६ सय अमेरिकन डलर) मासिक कमाइ हुनेछ ।
यी हुन् परीक्षा केन्द्र

care

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७