‘एनआरएनए’ को निर्वाचन प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन


२८ भाद्र २०७८, सोमबार
pararastra

काठमाडौं, २८ भदौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद्का निर्वाचनसम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको हो ।

एनआरएनएको १० औं महाधिवेशनका लागि प्रतिनिधि चयनमा संस्थापन पक्षले धाँधली गरेको भन्दै उजुरी परेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो । तीन जनाको उजुरी परेको मन्त्रालयले स्पष्ट पारेको छ ।

महाधिवेशन प्रतिनिधि चयन सम्बन्धमा छानबिन गर्न नेपाल सरकारले अनुगमन समिति गठन गरेको मन्त्रालयले जनाएको छ । अमेरिका, अष्ट्रेलिया, जर्मनी, बेल्जियमलगायत देशमा प्रतिनिधि छनोटमा समस्या रहेको बताइएको छ ।

foreign ministry Realise

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७