असोज ४ गतेदेखि दशैं–तिहारका लागि नयाँ नोट


२८ भाद्र २०७८, सोमबार
money new
सांकेतिक तस्विर

काठमाडौं, २८ भदौं । नेपाल राष्ट्र बैंकले दशै–तिहार चाडलाई लक्षित गर्दै तीन अर्ब ६० करोड रुपैयाँ बराबरको सुकिला (नयाँ) नोट बजारमा पठाएको छ । कमर्सियल बैंकलेहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दशैं–तिहार लक्षित सुकिला नोट पठाइएको बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।

उनका अनुसार सर्वसाधारणले भने आगामी असोज चार गतेदेखि मात्र नयाँ नोट सटही गर्न पाउने छन् । नोट काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र कमर्सियल बैंकका सबै शाखाहरूबाट उपलब्ध गराइनेछ । यद्यपि केही बैंकहरुले ढिला गरी नोट सटही गर्न पनि सक्ने नेपालको भनाइ छ ।

एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँसम्म सटही गर्न सक्ने बैंकका अनुसार दशैं–तिहार लक्षित सुकिला नोटका लागि एक व्यक्तिले १८ हजार ५०० रुपैयाँसम्म सटही गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् । रु. ५, रु.१०, रु. २०, रु. ५० र रु.१०० दरका एक एक गड्डीका दरले १८ हजार ५०० सम्म साट्न पाउने सुविधा बैंकले प्रदान गर्ने मुद्रा व्यवस्थापक प्रमुख नेपालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७