१,४८६ मा कोरोना संक्रमण, १,२६० जना निको, १६ को मृत्यु


२८ भाद्र २०७८, सोमबार
korona

काठमाडौं, २८ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १,२६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७८ हजार ३१२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८७ हजार ३१ जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ७ लाख ४० हजार ७१७ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२६ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३०१, भक्तपुरमा ५७ र ललितपुरमा ६८ जना संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १६ जनाको मृत्यु भएकोसँगै ज्यान गुमाउनेको कुल संख्या १० हजार ९६५ पुगेको छ । यससँगै देशभर सक्रिय संक्रमितको कुल संख्या २६ हजार ६३० पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७