पूर्व प्रेमिकाको अश्लिल फोटो र भिडियो पोष्ट गर्ने युवक पक्राउ


२८ भाद्र २०७८, सोमबार
jirel wFfeMF8O83

काठमाडौं, २८ भदौं । पूर्व प्रेमिकासँगको अश्लिल फोटो, भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
पहिले प्रेमिकासँग सम्बन्धमा हुँदा खिचेका फोटो, भिडियो सम्बन्ध बिग्रिएपछि फेसबुक र इन्स्टाग्राममा पोष्ट गर्ने दोलखाको बैतेश्वर गाउँपालिका–८ का सुजन जिरेल पक्राउ परेका हुन् ।

२३ वर्षीय जिरेल हाल काठमाडौंको टोखामा बस्दै आएका थिए । महानगरीय अपराध महाशाखाले उनलाई काभ्रेको पाँचखालबाट पक्राउ गरेको हो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन कसुरमा आवश्यक कारबाहीको लागि सोमबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७