४४ लाख डोज कोभिड–१९ विरुद्धको खोप बिहीबार नेपाल आइपुग्ने


२८ भाद्र २०७८, सोमबार
nepal airlines korona

काठमाडौं, २८ भदौं । कोभिड १९ विरुद्धको थप ४४ लाख डोज खोप बिहीबार नेपाल आइपुग्ने भएको छ । सरकारले चीनसँग खरिद गरेको थप ४४ लाख डोज भेरोसेल खोप आगामी बिहीबार ल्याइने स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति शाखाले जनाएको छ ।

खोप लिन नेपाल वायुसेवा निगमको जहाज भदौ ३० गते चीन जाने र ३१ गते फर्किने तालिका रहेको छ । यसअघि चीनबाट अनुदानमा र खरिद गरी जम्मा ७४ लाख डोज भेरोसेल खोप ल्याइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७