तालिबानले सार्वजनिक गर्‍यो आफ्ना प्रधानमन्त्री अखुन्दको ताजा तस्बिर


२८ भाद्र २०७८, सोमबार
taliban akhunda pm

काबुल, २८ भदौं । तालिबानले आफ्ना प्रधानमन्त्री मुल्ला हसन अखुन्दको ताजा तस्बिर सार्वजनिक गरेको छ । केही बेरअघि ट्वीटरमार्फत तालिबालने प्रधानमन्त्री अखुन्दको नयाँ तस्बिर सार्वजनकि गरेको हो ।

अफगानिस्तान कब्जा गरेको ३ हप्तापछि तालिबानले यही सेप्टेम्बर ७ तारिखका दिन आफ्नो नेतृत्वमा अन्तरिम सरकार घोषणा गरेको हो । जसका प्रमुख एवं प्रधानमन्त्री माथि तस्बिरका देखिएका नेता अखुन्द हुन् । त्यसयता आज तालिबानले उनको ताजा तस्बिर सार्वजनिक गरेको हो ।

कतारको राजधानी दोहास्थित तालिबान कार्यालयका प्रवक्ता मोहम्मद नइमले ट्वीटरमार्फत प्रधानमन्त्री अखुन्दको ताजा तस्बिर सार्वजनिक गरेका हुन् । साथै उनले लेखेका छन्, ‘राष्ट्रपति भवनमा इस्लामिक एमिरेट अफगानिस्तानका प्रधानमन्त्री मुल्ला हसल अखुन्द ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७