कर्णालीका ३४ प्रतिशत नागरिक निरक्षर


२९ भाद्र २०७८, मंगलवार
garibi sjqmZF6fOP

कर्णाली, २९ भदौं । कर्णाली प्रदेशका ३४ प्रतिशत नागरिक निरक्षर रहेको एक सरकारी तथ्याङ्कले जनाएको छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार कर्णालीका ६६ प्रतिशत नागरिक मात्रै साक्षर छन् ।

त्यहाँका ३४ प्रतिशत नागरिक साधारण लेखपढ गर्न समेत जान्दैनन् । मन्त्रालयका उपसचिव विष्णुप्रसाद अधिकारीले कर्णाली प्रदेशका १० जिल्लाका ७९ मध्ये ३६ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको बताए । प्रदेश योजना आयोगले आव २०८० /८१ सम्म कर्णालीको साक्षरता ९५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ।

कर्णाली सरकारले प्रदेशलाई साक्षर बनाउन आव २०७५ / ७६ देखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको थियो । तीन वर्षभित्र कर्णालीलाई साक्षर प्रदेश घोषणा गर्ने भन्दै तीन वर्षअघि प्रदेश सरकारले दुई करोड बजेट विनियोजन गरेको थियो । मन्त्रालयका उपसचिव अधिकारीले गत वर्ष निरन्तर सिकाइसम्बन्धी गतिविधिका लागि हरेक स्थानीय तहमा दुई लाख उपलब्ध गराएको र उक्त बजेट कोरोना महामारीका कारण खर्च हुन नसकेको बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७