राष्ट्र संघको अपिल : अफगानिस्तानमा तत्काल ६० करोड डलर सहयोग आवश्यक


२९ भाद्र २०७८, मंगलवार
United Nations p8n0WyW4zt

काठमाडौं, २९ भदौं । संयुक्त राष्ट्र संघले अफगानिस्तानमा ठूलो मानवीय संकट आउन सक्ने भन्दै तत्काल ६० करोड डलर आर्थिक सहयोगका लागि अपिल गरेको छ । जेनेभामा भएको सम्मेलनमा राष्ट संघले अन्तर्राष्ट्रिय दाताहरूसँग सहयोग आह्वान गरेको हो ।

तालिबानले सत्ता हातमा लिएपछि अफगानिस्तानमा ठूलो मानवीय सङ्कट आउन लागेको चेतावनी समेत राष्ट्र संघले दिएको छ । गत महिना तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो । त्यहाँ उसले नयाँ सरकारसमेत गठन गरिसकेको छ ।

अफगानिस्तानमा खाना, औषधि र सरसफाइ लगायतका क्षेत्रमा खर्च गर्न राष्ट्र संघले सहयोगको आह्वान गरेको बीबीसीले जनाएको छ । ६० करोड डलर सहयोग जुटाउन सके दशौं लाख मानिसलाई राहत पुग्ने अपेक्षा राष्ट्र संघको छ । उसले सहायताकर्मीलाई यो अभियानमा नरोक्न पनि तालिबानलाई आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७